बुटवलका पार्कहरुमा खुला व्यायामशाला बन्ने

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगरपालिकाले यहाँका सार्वजनिक पार्कहरुमा खुला व्यायामशाला बनाउने भएको छ । यस्का लागि उपमहानगरका १९ वटै वडाहरुमा प्राविधिक अध्ययनका काम पूरा भइसकेको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दबहादुर काउचाले बताए । बुटवल उपमहानगरका नगर प्रमुख शिबराज सुवेदीले पहिले देखि नै सार्वजनिक पार्कहरुलाई व्यवस्थित गर्ने र त्यहाँ निशुल्क रुपमा व्यायाम गर्ने व्यवस्था मिलाउने चाहना राखेका थिए ।

‘खेलकुद समिति गठन भएलगत्तै प्रमुख उपप्रमुखमा प्रस्ताव लगेको खुशीले स्वीकार गर्नुभयो’ अध्यक्ष काउचाले भने, ‘हामीलाई हौसला मिलेको छ अबको केही समयमै यो कामले पूर्णता पाउने छ ।’ पार्कहरुमा खुला व्यायामशालाको अवधारणा मुलुकमै नमुना रहेको उनको दाबी छ । पार्कहरुलाई व्यवस्थित गर्दै व्यायाम गर्ने उपकरणहरु जडान गरिने र स्याहार सुस्याहारका लागि पालैपालो स्वयमसेवक राखिने अध्यक्ष काउचाले बताए ।

यसका लागि २० लाख बजेट नगरपालिकाबाट बिनियोजना भइसकेको छ । योसंगै नगरमा रहेका मैदानहरुको स्तरोन्नती र संरक्षणको काम समेत समितिले अगाडि बढाएको छ ।

 
 
  
 

You may also like