हप्तामा तीनपटक मात्र ग्रीन टी खाँदा पनि अनेकौँ फाइदा

by समतल अनलाइन

एजेन्सी । ठूलो स्तरमा गरिएको अनुसन्धानले हप्तामा तीनपटक मात्र ग्रीन टी सेवन गर्दा पनि ह्दयघात, स्ट्रोकको जोखिम न्युन हुनेदेखि लामो समय बाँच्न सकिने देखाएको छ । त्यसमा हुने ‘एन्टिअक्सिडेन्ट’ ले मुटुलाई सुरक्षित राख्दै मान्छेलाई स्वस्थ र लामो जीवन दिलाउन सक्ने बताइएको छ ।

यस अन्र्तगत चीनका १ लाख मानिसमा अध्ययन गरिएको थियो जसमा नियमित ग्रीन टि सेवन गर्नेहरु नगर्नेको तुलनामा औसतमा १.२६ वर्ष बढी बाँच्ने गरेको पत्ता लागेको हो । त्यस्तै उनीहरुमा मुटुको समस्या पनि तुलनात्मक रुपमा धेरै ढिलो देखा पर्ने गरेको पाइएको छ । अर्कोतर्फ कालो चिया पिउँदाको भने कुनै विशेष फाइदा नदेखिएको बताइएको छ । यसमा ग्रीन टिले मात्र स्वास्थ्य सम्बन्धी यस्ता लाभ गराउन सक्ने वैज्ञानिकहरुले बताएका हुन् ।

त्यस्तै बेइजिङमा चाइनिज एकेडेमी अफ मेडिकल साइन्सेसले भने क्यान्सर, ह्दयघात वा स्ट्रोक नभएका १ लाख बढी मानिसहरुको स्वास्थ्यबारे सात वर्षसम्म अध्ययन गरेको हो । यसबीच उनीहरुले कति मात्रामा र कुन चिया पिउँछन् भन्ने डाटा पनि संकलन गरिएको थियो । जसमा हप्तामा तीनपटक भन्दा बढी चिया पिउनेलाई नियमित ‘ड्रिङ्कर’ मा राखिएको हो भने त्यो भन्दा कम पिउनेलाई चाहिँ ‘नन–ड्रिङ्कर’ मानिएको हो । यसमा उनीहरुले ग्रीन टिलाई मात्र विशेष प्राथमिकता दिएका थिएनन् तर अनुसन्धानका क्रममा आठ प्रतिशत मानिसले कालो चिया पिउने गरेका थिए जसको कुनै स्वस्थकर पक्ष फेला नपरेको बताइएको छ । अर्कोतर्फ ग्रीन टिले भने मुटु सम्बन्धी रोग, स्ट्रोकको जोखिमलाई २५ प्रतिशतले घटाइरहेको थियो ।

समस्त रुपमा हेर्दा अध्ययनले चिया पिउनेहरुमा आठ वर्षसम्म मुटु सम्बन्धी कुनैपनि समस्याको जोखिम ३९ प्रतिशकतले कम रहेको भएको देखाएको छ । यसबारेमा अध्ययनका लेखक डाक्टर छिनयान वाङ भन्छन्, “चिया पिउने बानी भएकाहरुलाई, असामयिक मृत्यु गराउने मुटु सम्बन्धी रोगको कम जोखिमको विषयसँग जोडिएको छ । यसमा पनि लामो समयसम्म नियमित ग्रीन टि सेवन गर्नेहरुमा त अधिक धेरै लाभकारी पक्ष रहेको पाइएको छ । ”

डाक्टर वाङ र उनका सहकर्मीहरुले बताए अनुसार चिया सेवनले मानिसको स्वास्थ्यमा सुधार ल्याउने एउटा कारण भनेको ‘पोलीफेनोल’ तत्व हो जसमा अधिक एन्टिअक्सिडेन्ट पाइन्छ । पोलिफेनोल प्राकृतिक रुपमा सागसब्जी र फलफुलमा पाइन्छ र यसले सेलको क्षति रोक्न र ममंत गराउन सक्छ भने रगतमा सुगर लेभललाई नियन्त्रण गरि तौल वृद्धिलाई पनि सुस्त बनाइदिन्छ । चिनियाँ अनुसन्धानकर्ताहरुका अनुसार यसअघि गरिएका धेरै रिसर्चहरुले पोलिफेनोलले मुटु सम्बन्धी रोग र उच्च रक्तचाप अनि उच्च कोलेस्ट्रोलबाट बचाउन सक्ने पुष्टि गरिसकेका छन् । त्यसैले पनि ग्रीन टि विशेष रुपमा फाइदाकारी मानिएको हो । यता कालो चियामा भने एन्टिअक्सिडेन्टको प्रक्रिया एकदम कम प्रभावकारी हुन्छ । सीएनएन

 
 
  
 

You may also like