बस र ट्रक ठोक्किँदा भीषण आगलागी, २० जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं ।भारतको उत्तरप्रदेशमा यात्रुबाहक बस ट्रकसँग ठोकिँएर भएको दुर्घटनामा २० जनाको मृत्यु भएको छ । बस र ट्रक ठोकिँदा भीषण आगलागी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । शुक्रबार राति साढे ९ बजे उत्तर प्रदेश कन्नौजको छिबरामउ–जीटी रोडमा पर्ने घिलोई गाउँमा ट्रकसँग ठोक्किएर बसमा आगो लागेको हो ।

बसबाट २१ जना घाईतेको उद्धार गरिएको छ। कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन्। एसीयुक्त बस र ट्रक आपसमा ठोक्किनासाथ दुवैमा आगो लागेको थियो ।

यो दुर्घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तत्काल दुई–दुई लाख र घाइतेहरुलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

 
 
  
 

You may also like