प्रगतिको ४२औं वार्षिकोत्सब तथा अभिभावक दिवस

by समतल अनलाइन

प्रिया अधिकारी
कञ्चन। प्रगती नमुना माध्यमिक विधालय बेलभरियाको ४२औं वार्षिकोत्सब तथा अभिभावक दिवस आज भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य तथा राष्ट्रिय सभाका सत्ता पक्षका प्रमुख सचेतक माननिय खिमलाल भट्टराईले विधालयले समय अनुसारको योग्री एवम् दक्ष जनशक्ति उत्पादन गर्न हिजोकै शैली र समय बिताउने परम्परागत शिक्षण शैलीबाट अबको शिक्षामा कुनै नहुने र विधालय शिक्षा सुधार गर्ने हो भने विगतमा शिक्षण गर्दै आएको तरिकालाई त्यागेर समयानुकूल शिक्षण पेशामा सिर्जनात्मक बनाउनु पर्ने र विधालयको पुर्वाधार निमार्णमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

विशिष्ट अतिथी प्रदेश न:५प्रदेश सभा सदस्य माननीय भुमिश्वर ढकालले बोल्दै शिक्षाका तिन पिल्लर शिक्षक विद्यालय व्यवस्थापन समिति र विधार्थी भएकोले लगनशील तथा मेहनती शिक्षक सकृय विधालय व्यवस्थापन समिती अनुशासित र लगनशील भएमा शिक्षा गुणस्तरीय हुने धारणा व्यक्त गरेका थिए । विधालय व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर थापाको अध्यक्षतामा शिक्षक विष्णु ढुङ्गानाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथी कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री ,विधालय व्यवस्थापन समितिका सदस्य दिपक पुन,वडा न:१का वडा अध्यक्ष हरिनारायण थारु, विधालय व्यवस्थापन समितिका सल्लाहकार ज्ञानेन्द्र कुमार पौडेल ,विधालयमा पहिलो अक्षकोष स्थापना गर्ने तथा पुर्व शिक्षक प्रकाश गौतम ,सम्पूर्ण प्र अ हरुको प्रतिनिधित्व गर्दै बुद्ध भुमी आधारभुत विधालयका प्रधानाध्यापक लिलाधर शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए। विधालयका सहायक प्रधानाध्यापक सरोज भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रममा विधालयका प्रधानाध्यापक जिवराज पौडेलले विधालयको आय व्याय विवरण एवम् विधालयको भौतिक खेलकुद सबल पक्ष समस्या र भावी योजना बारे प्रतिवेदन पेश गरेका थिए।

उक्त अबसरमा विधर्थीहरुले रोचक नृत्य प्रस्तुत गरेका थिए भने जेहेन्दार तथा गरिब विधार्थीहरुलाइ पुर्व शिक्षक प्रकाश गौतमले छात्रवृत्ति वितरण गरेका थिए भने योजना बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष सपना शर्मा पौडेलले गरिब छात्र छात्रालाई विधालय पोशाक प्रदान गरेकी थिइन् ।भने शिक्षकहरु शिक्षणको उच्च मुल्यांकन गर्दै विधालयमा अध्यापन गराइ रहनु भएको शिक्षक तथा शिक्षिकाहरुलाई सम्मान गरेका थिए।

 
 
  
 

You may also like