मालिका गाउँपालिका ह्वाङदीमा क्षयरोग खकार परिक्षण

by समतल अनलाइन

मनोज कार्कि
गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा न ३ ह्वाङदीकाे स्वास्थ्य चौकीमा एक दिने क्षयरोगको खकार शिविर सम्पन्न भएको छ ।वडामा रहेका खोकी लागेका नागरिकलाई केन्द्रित गरि क्षयरोगको लाग्न सक्ने सम्भावना भएका खोकीका बिरामीको खकार परिक्षण गरिएको मालिका गाउँपालिकाले जानाकारी दिएको छ ।

शुक्रबार ह्वाङदीमा संचालन गरिएको एक दिने शिविरमा वडाबाट जसमा ४० जना पुरुष र ३४ जना महिला गरी ७४ जनाले खकार परिक्षण गराएको मालिका गाउँपालिका स्वास्थ्य संयोजक वसन्त राज भुलाले जानाकारि दिए ।मंसिर ३० गते छापहिले स्वास्थ्य चौकिमा सन्चाल गरिएको शिविरमा १ सय ५ जनाले खकार परिक्षण गराएका स्वास्थ्य संयोजक भुसाले बताए ।

गाउँकै स्वास्थ्य चौकिमा आइ खकार परिक्षण गर्ने अबशर दिएको भन्दै खकार परिक्षण गर्न आएका नागरिकले गाउँपालिकालाइ धन्यवाद दिएका थिए ।

 
 
  
 

You may also like