लायन्स मणिमुकुन्द युथद्वारा रक्तदान कार्यक्रम

by समतल अनलाइन

बुटवल,साउन २६। रक्तदान हामी सबैका लागि भन्ने मुल भावका साथ लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सबै जनमानसमा रक्तदान गर्न उत्प्रेरित दिने उदेश्यले रक्तदान हामी सबैको लागि नारा तय गरि गरिएको रक्तदानमा ४३ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष लक्ष्मण कुवरले जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथी लायन्स डिस्टिक ३२५ बि २ का डिस्टिक को चिफ ऐडभाइजर अर्जुनमान सैजुले रक्तदान जस्तो महत्त्वपूर्ण कार्यमा यस संस्थाले आफ्नो गतिशीलत देखाएकोमा खुशी ब्यक्त गरे।

नेपाल रेड्क्रश सोसाइटी ब्लड बैंक मा भयको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष कमल थापा क्षेत्री , पुर्ब अध्यक्ष कृष्ण प्रसाद नेपाल , लियो क्लबका अध्यक्ष सन्तोष खरेलको उपस्थित रहेको थियो भने कार्यक्रम को सन्चालन क्लब का सचिब माधब नेपालको रहेको थियो भने स्वागत मन्तब्य कार्यक्रम संयोजक खिलाराज अधिकारी गरेको लियो उपाध्यक्ष भरत जंग क्षेत्रिले जानकारी गराएका थिए ।

 
 
  
 

You may also like