पहिलो पाइला नेपाल रुपन्देहि द्वारा ब्रोन म्यारो पिडित गृष्मालाई सहयोग रकम हस्तान्तरण

by समतल अनलाइन

बुटवल , साउन २६ । बोन म्यारो भएकी बुद्दभुमिकी ६ वर्षिया गृष्मा खनालको स्वास्थ्यमा सुधार आएको गृष्माका पिता शिरधर खनालले जानकारी दिएका छन् । बुद्दभुमि नगरपालिका ३ टाकुमा सनिवार पहिलो पाइलाले आयोजना गरेको ,”गृष्मा वचाउ अभियान” रकम हस्तान्तरण कार्यक्रममा खनालले गृष्मालाई किमो दिइरहेको र स्वास्थमा सुधार आएको जानकारी दिदै पहिलो पाइला नेपाल बुटवल शाखालाई धन्यवाद व्यक्त गरेका छन् ।

पहिलो पाइलाले विभिन्न स्थानमा रकम संकलन कार्यक्रम गरि रु. पचास हजार सत्तरी रुपैया सनिवार हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष आयुष पौडेलको अध्यक्षता र मिडिया संयोजक सुनिता वेल्वासेको सन्चालनमा सम्पन्न भएको थियो । अभियानका संयोजक तथा पहिलो पाइला नेपाल बुटवल शाखा सचिव पारस मरासिनिले आकश्यक पर्दा जुनसुकै समय पहिलो पाइला र आफ्नो व्यक्तिगत साथ सहयोग रहने प्रतिबद्दता ब्यक्त गरे। त्यसै गरि आफुले अगाडि बढाएको अभियानले सार्थकता पाएको र गृष्माको स्वास्थ सुधार भएकोमा खुसी संगसगै संस्थाको पुर्ण साथ पाएको र सह-संयोजक शालिक भुसाल र भारतजंग क्षेत्री लगायतका व्यक्तिहरुले गर्दा रकम जुटेको समेत उनले व्यक्त गरेका छन । बुद्दभुमी नगरपालिका वर्डा न। ३ का अध्यक्ष बिकास आचार्यको प्रमूख आतिथ्यमा भएको कार्यक्रममा ,पहिलो पाइला नेपाल बुटवल शाखाका सल्लाहकार गंगाधर न्यौपाने, सह संयोजक शालिक भुषाल र संस्थाका सदस्यहरुको उपस्थितिमा रकम हस्तान्तरण बताएको छ।

 
 
  
 

You may also like