समाज सेवामा खुमा अर्याल फाउण्डेशन

by समतल अनलाइन

साउन २५ गते खुमा अर्याल फाउण्डेशनको काठमांडौमा बसेको एक विशेष बैठक मार्फत आफ्ना बिभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । फाउण्डेशका अध्यक्ष कमल राज ढकालको अध्यक्षता, खुमा प्रसाद अर्यालको प्रमुख आतिथ्यता, संरक्षक भेषराज अर्याल र डा. लुना अर्यालको विशिष्ट आतिथ्यता, उपाध्यक्ष लेखनाथ शर्माको स्वागत, सचिब ध्रब शर्माको संचालनमा सम्पन्न भएको सो बैठकमा कार्यसमितिका एघार जना र आमन्त्रीत दर्जन बढी बिभिन्न संघ सस्थाका प्रमुख, प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

स्याङ्जा स्थायी घर भइ रुपन्देही लगाएत देशभरका बिभिन्न स्थानमा स्वास्थ्य, शिक्षा, एग्रो, हाइड्रो लगाएतका क्षेत्रमा लगानी गरी हजारौँलाई रोजगारी दिँदै देश निर्माणमा समर्पित खुमा अर्यालको नाममा सोही जिल्लाका युवाहरुले खुमा अर्याल फाउण्डेशन नामक एक गैर नाफामूखी सस्था स्थापना गरेका छन् । २०७५ मा स्थापना भएको सो फाउण्डेशनको मूल उद्धेश्य शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा बिभिन्न कार्यक्रमहरु मार्फत समाज सेवा गर्ने रहेको फाउण्डेशनका अध्यक्ष कमल ढकालले बताय । सो बैठकले आगामी वर्ष गर्ने विभिन्न कार्यक्रमहरुको तयारीका लािग बिभिन्न समिती संयोजकहरु तोकेकोछ । आर्थिक तथा रोजगारी समितिमा कोषाध्यक्ष सालिकराम अर्याल, शिक्षा समितीमा लेखनाथ शर्मा, स्वास्थ्यमा ध्रुव शर्मा, स्थानिय निकाय लगायत अन्य बाह्य निकाय समितिमा शोभाकान्त ढकाल र छबिलाल अर्याल लगायतलाई जिम्मेवारी दिइएको फाउण्डेशनका सचिब ध्रुब शर्माले बताए ।

सो कार्यक्रममा प्रमुख अतिथि खुमा अर्यालले समाज सेवा जोडवलले वा करकापमा उब्जने बिचार हैन ।समाज सेवा त स्वत स्फुर्त रुपमा मनबाट प्रष्फुटन हुने भावना हा भन्दैयस्तो भावना बाट प्रेरित भइ सस्था गठन भएकोमा सबैलाई धन्यवाद दिदै सस्थालाई आफ्नो पुर्ण सहयोग र समर्थन रहने बिचार राखे । मन्तब्य राख्ने अन्य सस्थाका प्रतिनिधिहरुमा युनिभर्सल ग्रुप काठमांडौका जि.एम. सन्तोश खनाल, संजिवनी कलेज बुटवलका प्रमुख दिपक रोका, युनिभर्सल कलेज अफ मेडिकल कलेज साइन्सेज भैरहवाका एफ.सी. राजु बस्नेत, अर्याल एण्ड अर्याल चार्टड एकाउन्टस, काठमांडौका प्रमुख सुधन रेग्मी, खिलुङ कालीका सप्लाएर्स एण्ड टे«डिङ्ग काठमांडौका सिइओ सालिकराम अर्याल, लाफिङ बुद्ध हाइड्रोका प्रमुख शोभाकान्त हमाल, माउन्ट एभरेष्ट स्कुल कास्कीका प्रिन्सिपल युक्त अर्याल, खिलुङ कालीका एग्रो स्याङ्जाका एम.डी शोभाकान्त ढकाल, गण्डकी मेडिकल कलेज पोखराका एफ.सी. युवराज शर्मा, प्रफेक्ट पोल्ट्र मार्केटिङ काठमांडौका प्रमुख ध्रुव शर्मा, कालिका फार्मेस्युटिकल्स, स्याङ्जाका सिइओ अनिल अर्याल, एभरेष्ट कलेज अफ मे.साइन्स काठमाण्डौका प्रतिनिधी लगाएतले फाउण्डेशनले ल्याउने प्रपोजलका आधारमा सदस्यता लिने तथा आर्थिक, भौतिक, नैतिक लगाएतका सस्थागत सहयोग गर्ने प्रतिवद्यता व्यक्त गरे ।

 
 
  
 

You may also like