चाैतारी लघुबित्तले लाभांश बितरण गर्ने

by समतल अनलाइन

बुटवल। बुटवलमा केन्द्रिय कार्यालय रहेकाे चाैतारी लघुबित्त बित्तीय संस्था लिमिटेडकाे चाैथाे बार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएकाे छ । बार्षिक साधारणसभाकाे संविधानसभा सदस्य नेत्र पन्थीले उद्घाटन गरे । उनले चाैतारीकाे प्रगति राम्राे र प्रशंसनिय भएकाे बताए । साधारणसभाले १७.८९ प्रतिशत लाभांश बितरणकाे प्रस्ताव पास गर्दै स्वीकृति दिएकाे छ ।

आव २०७५/०७६काे संचित मुनाफाबाट चुक्ता पूजी १८ कराेड ६० लाखकाे १०.८९४ प्रतिशतले हुन आउने २ कराेड १ लाख ६४ हजार २१० नगद र आव २०७५/०७६काे संचित मुनाफाबाट चुक्ता पूजीकाे ७ प्रतिशतले १ कराेड ३० लाख २० हजार बराबरकाे बाेनस शेयर बितरण गरिने छ ।

चाैतारी लघुबित्त बित्तीय संस्था लिमिटेडका अध्यक्ष जगतबहादुर पाेखरेलले लघुबित्त बित्तीय संस्था नेपालकै टप वान बनाउने लक्ष्यमा लागिपरेकाे दाबि गरे ।

पाेखरेलले सामाजिक समानताको आधारमा आर्थिक विकास गर्नका लागि स्थानीय ग्रामीण महिलाहरुलाई वित्तीय रुपमा साक्षर बनाएकाे कताए ।उनले ग्रामीण महिलाहरुमा भएको ज्ञान, सीपको उपयोग गरी उद्यमी बनाउने योजना अनुरुप लगानीका संभाव्य क्षेत्रहरु पहिचान गर्दै लगानी समेत गरेकाे बताए ।

समाज र राष्ट्रको समृद्धिको सपना घरपरिवारको समृद्धिबाटै पूरा हुने उनकाे भनाइ छ ।चाैतारीका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिब लक्ष्मण घिमिरेले संस्थाले आफ्ना लक्षित ग्राहक वर्गलाई गुणस्तरीय र भरपर्दो लघुवित्त सेवा प्रदान गरिरहेकाे बताए । उनले बैंकिंग पहुँच बाहिर रहेका लक्षित ग्राहक वर्गलाई वित्तीय साक्षरता दिलाउँदै उनीहरुको दैनिक वित्तीय आवश्यकता पूरा गर्ने काम भैरहेकाे समेत बताए ।

साे अबसरमा नेपाल ग्रामिण लघुबित्तका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्की,कांग्रेस नगर सभापति खेलराज पाण्डे,शेयर सदस्य डि आर घिमिरे,संचालक लेखनाथ पाण्डे लगायतले बाेलेका थिए । चाैतारीका ५७ शाखा कार्यालय छन् । नेपाल राष्ट्रबैंङ्कबाट घ बर्गकाे इजाजत पाएकाे चाैतारी अहिले १५ जिल्लामा कार्यक्षेत्र बनाएकाे छ ।

 
 
  
 

You may also like