खाली पेट लगातार ४ दिनसम्म किसमिसको झोल पिउनुस्, आफै देख्नुहुनेछ परीणाम

by समतल अनलाइन

सधैं बिहान किसमिसको पानी पिउनाले शरीरलाई भिटामिन लगायत फलाम पर्याप्त मात्रामा पान्छ । साथै यसमा चिनीको मात्रा पनि कम हुन्छ, यसमा प्राकृतिक एन्टीअक्सीडेन्टको मात्रा बढ्न जान्छ । जसले विरामी हुनबाट बचाउँछ। किसकिस र त्यसको पानीलाई कलेजो र किड्नीको बिरामीलाई निको पार्न प्रयोगमा आइरहेको छ।

किसमिसिको पानी लागातार ४ दिनसम्म पिउनाले कलेजो र किड्नीले राम्ररी काम गर्न थाल्छन् र शरीरमा जमेका हानिकारक पदार्थ सबै बाहिर निस्कन्छन् । किसमिस खान स्वास्थवद्र्धक छ भने त्यसको पानी पिउनाले पाचन प्रक्रियालाई दुरुस्त हुन्छ। रगत सफा हुन्छ । एसिडीटी कम हुन्छ । हृदय बलियो हुन्छ र खराब कोलेस्ट्रल टाढा हुन्छ । यो सबै फाइदा किसमिसको पानी पिउन थालेको दुई दिनमा नै देखा पर्नेछ । किसमिसको पानी २ कप पानीमा १५० ग्राम किसमिस राखेर बनाउन बनाउन सकिन्छ।

किसमिसको पानी बनाउने विधि
प्यानमा सफा पानी उमाल्ने, फेरि त्यसमा सफा किसमिसको धुलो हालेर रातीभर पानीमा छोडिदिनुहोस् । दोस्रो दिन बिहान पानीलाई छानेर दोस्रो चोटी सानो आगोमा हल्का तताएर गरेर खाली पेट पिउनुहोस् त्यसपछि २० देखि ३५ मिनेट पर्खेर नास्ता गर्नुहोस् । यस्तो धेरैदिन सम्म गरेर लाभ उठाउनुहोस् ।

यसको लागि सधैं गहिरो रंगको किसकिस नै छान्नु उपयुक्त हुन्छ । सफा र चम्किलो किसमिसमा प्रायः रसायन मिलेको हुन्छ । जुन स्वास्थको लागि हानिकारक हुन्छ । यो प्रक्रियालाई एक महिनामा लागतार चार दिन सम्म गर्नुहोस् यसको कुनै साइड इफेक्ट हुँदेन। यस्तोमा यदि चिनी अलि कम खानुपर्छ । किनभने किसमिसमा पहिलेदेखि नै मिठोपना हुन्छ।

 
 
  
 

You may also like