गुल्मीको खैरेनीमा जीपको ठक्करबाट बालिका घाइते

गुल्मी २४ श्रावण। गुल्मीको सत्यवती गाउँपालिका ६ खैरनी बजारमा जीपको ठक्करबाट एक बालिका गम्भीर घाइते भएकी छन् ।शुक्रबार बिहान चन्द्रककोट गाउँपालिकाबाट बुटवलको लागि छुटेको लु१ज३३९१ नम्बरको जीपले ठक्कर दिँदा उक्त दुर्घटना हुन पुगेको हो ।

दुर्घटनामा स्थानीय अर्जुन भण्डारीकी ३ वर्षीया छोरी आयुषी भण्डारी घाइते भएको र उनको जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि थप उपचारका लागि पाल्पाको मिसन अस्पतालमा रेफर गरिएको डा। शिला ढकालले जानकारी दिइन् ।ठक्कर दिने जीप चालक चन्द्रकोट ४ का लक्ष्मण श्रेष्ठ र जीप प्रहरीमा नियन्त्रणमा रहेको र थप अनुसन्धान चलिरहेको बताइएको छ ।

 
 
  
 

You may also like