रोट्रायाक्ट क्लव अफ बुटबल डाउनटाउनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

बुटबल । रोट्रायाक्ट क्लव अफ बुटबल डाउनटाउनको आयोजनामा आफ्नै लागि रक्तदान भन्ने नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्त संचार सेवा केन्द्र बुटवलको प्राबिधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ। कार्यक्रमका प्रमुख अतिथि सनराइज बैंक प्रदेश न ५ का प्रमुख राजेन्द्र घिमिरेले रक्तदान जिवनदान भएकोले समय समयमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र सनराइज बैंक क्लब संग सहकार्य गरि विभिन्न सामाजिक कार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा ५१ औ पटक रक्तदान गर्दै उद्योग बाणिज्य संघ प्रदेश ५ का सदस्य कृष्ण कुमार श्रेष्ठले आफ्नै स्वास्थ्यका लागि समेत समय समयमा रक्तदान गर्नु उत्तम हुने बताउनु भयो ।

क्लबका अध्यक्ष मधु भट्टराईको अध्यक्षता कार्यक्रम संयोजक प्रतिमा थापाको स्वागत तथा क्लबका सचीव सौरभ भुसालको संचालनमा सम्पन्न उक्त कार्यक्रममा रोटरि क्लब अफ बुटवल डाउन टाउनका पुर्ब अध्यक्ष भिमराज श्रेष्ठ ,क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्तिथि रहेको क्लबका कम्युनिटि सर्भिस डाइरेक्टर आबिस्कार खनालले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like