वीरगञ्जको वीर्ता बजारमा बम विष्फोट, ३ घाइते

पर्सा साउन २४ । वीरगञ्जको बिर्ता बजारमा बम विष्फोट हुँदा ३ जना घाइते भएका छन् । घाइते ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुतली बम विष्फोट भएको भए पनि कसले विष्फोट गराएको हो भन्ने खुलेको छैन । साँझपख व्यस्त रहेको तरकारी बजारमा विष्फोट हुँदा तरकारी बेचिरहेकी एक महिला गम्भीर घाइते भएकी छन् । अन्य दुई जना पनि तरकारी किन्न बजारमा आएका रहेको स्थानीयले बताएका छन् ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले घटनाको पुष्टि गर्दै विष्फोट उश्रृंखल समूहले गराएको हुन सक्ने आशंका रहेको बताए । खबरहबसँगको कुराकानीमा पोखरेलले भने, ‘तरकारी बजारमा विष्फोट भएर बजारमै रहेका ३ जना घाईते भएको सूचना आएको छ । उनीहरुको नारायणी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । नियोजित नभई कुनै उश्रृंखल व्यक्तिले विष्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको हामी अनुसन्धान गरिरहेका छौ ।’

 
 
  
 

You may also like