रेडियो सैनामैनाका दोस्रो साधारण तथा अधिबेशन आज

by समतल अनलाइन

सैनामैना । रुपन्देहीको सैनामैना स्थित सामुदायिक रेडियो सैनामैना ९१ मेगाहर्जको दोस्रो साधारण सभा तथा अधिबेशन आज हुदै छ । कार्यक्रमको पुर्वसन्ध्यामा अधिवेशनका लागी दोश्रो नामावली प्रकाशन भएसंगै अध्यक्ष पदमा तिलब केसीको उम्मेद्धवारी उँहाको मात्र उम्मेद्वारी परेको हो । तर नाम फिर्ता गर्ने समय कार्यक्रम नहुन्जेल सम्म हुने रेडियो परिवारले जनाएको छ ।

यस्तै उपाध्यक्ष पदमा ३ जनाको उम्मेद्वारी परेको निर्वाचन संयोजक रण बहादुर खनालले जानकारी दिनुभएको छ । नविन घिमिरे,गुरु प्रसाद पराजुली र गोपाल पोखरेलको उपाध्यक्ष पदमा उम्मेद्धवारी परेको खनालले जानकारी दिनुभयो ।

यस्तै सचिब पदमा मदन थापा, कोषाध्यक्ष पदमा ऋषिराम पाण्डेय,सह सचिबमा शुसिला पन्थ शर्माको उम्मेद्धवारी परेको छ । यसैगरि सदस्यहरुमा यज्ञमणी घिमिरे, बिजय शर्मा, बुद्धिराम भण्डारी , धनकला बेल्बासे, निर्माला गौतम, सीता पोखरेल उम्मेद्धवारी परेको हो । यस्तै लेखा समितिको संयोजकमा रुमाखर गौतम र सदस्यमा कल्पना ढकालको उम्मेद्धवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

आज हुने रेडियोको साधारण सभा तथा अधिबेशनको तयारी पुरा भएको रेडियोका अध्यक्ष कृष्ण पोखरेलले जानकारी दिनुभयो । मुर्गियामा रहेको ग्लोबल पार्टी प्यालेसमा हुने अधिवेशनको प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।उम्मेद्धवारीको अन्तिम नामावली अहिले बिहान ११ बजे कार्यक्रम स्थलमा प्रकाशन गरिने खनालले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा प्रदेशसभाका सदस्य भूमिश्वर ढकाल ,फकरुद्धिन खाँन ,सैनामैना नगर प्रमुख चित्र बहादुर कार्की लगायतको उपस्थिती रहने रेडियोका सचिब तिलब केसीले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like