दैलेखमा दुई बालिका मृत फेला, घटनाबारे प्रहरीको अनुसन्धान जारी

by समतल अनलाइन
25Shares

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका–४, मनघरमा दुई बालिका मृत अवस्थामा फेला परेका छन्। घरनजिकैको जङ्गलमा १३ र १४ वर्षीया बालिकाको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत भेटिएका दुवै बालिका नाताले दिदीबहिनी हुन्। उनीहरू अघिल्लो रात एउटै घरमा सुतेका थिए।
प्रहरीका सूचना अधिकारी पुष्पराज रोकायलका अनुसार राति घरबाट बाहिरिएका उनीहरू बिहान घरदेखि केही टाढा रहेको जङ्गलमा मृत अवस्थामा फेला परेका हुन्।

घटनाको जानकारी पाएपछि प्रहरीले घटनास्थलमा टोली खटाएको छ। बालिकाहरूको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायलले जानकारी दिएका छन्।

You may also like