एक्स्ट्रिम इनर्जीले ल्यायो एनपीएलका सात टोलीको लोगोयुक्त विशेष क्यान

by समतल अनलाइन
30Shares

काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सात टोलीको लोगो अंकित विशेष संस्करणका क्यान सार्वजनिक गरेको छ ।

कम्पनीले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ भने पोखरा एभेन्जर्ससँग जर्सी प्रायोजनमा सहकार्य गरेको छ।

विशेष क्यानमार्फत समर्थकले आफूलाई मन पर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्न सक्ने कम्पनीले जनाएको छ । यी क्यान नजिकका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सकिनेछन् ।

कम्पनीका अनुसार यो पहलले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको माया र समर्थन फरक ढङ्गले व्यक्त गर्ने अवसर दिनेछ । क्रिकेटको उत्साहलाई मैदानमा मात्र सीमित नराखी बजार, पसल र समर्थकको दैनिक जीवनसम्म पुर्‍याउने उद्देश्यले विशेष संस्करणका क्यान ल्याइएको हो ।

एनपीएलले नेपाली क्रिकेटप्रेमीमाझ लोकप्रियता बढाउँदै लगिरहेका बेला यस्तो पहलले समर्थक र टोलीबीचको सम्बन्ध थप नजिक बनाउने अपेक्षा गरिएको छ । आफ्नो मनपर्ने टोलीको लोगो अंकित क्यानमार्फत समर्थकले टोलीप्रतिको लगाव र गर्व व्यक्त गर्न सक्ने कम्पनीको विश्वास छ ।

You may also like

This will close in 0 seconds