गुल्मीको रुरुक्षेत्र गाउँपालिका – ५ भुस्याहा कुकुरको आक्रमणबाट ४ बाख्रा मरे

by समतल अनलाइन

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाँउपालिका वार्ड – ५ मा भुस्याहा कुकुरहरुको आक्रमण बाट एक कृषकका ४ वटा बाख्रा मरेको बताइएको छ।

 

रुरुगाउँपालिका – ५ बम्घा थाम बसाहडकि कृषक सिता घर्तीका २ वटा बोका र २ वटा ब्याउने बाख्रा ३/४ वटा कुकुरहरुको समुहको आक्रमण बाट बाख्रा मरेका छन्।

घरमा कोहि नभएको बेलामा भुस्याहा कुकुरहरुको समुहले ४ वटा बाख्रा मारेको वडाध्यक्ष हरि प्रसाद ज्ञवालीले बताए। प्रहरी घटना स्थल पुगी विवरण संकलन गरेको जानकारी पाइएको छ।

 
 
  
 

You may also like