ललितपुर । बुटवलका दुई युवाको संयुक्त लगानीमा ललितपुरको चाकुपाटमा नयाँ क्याफे तथा रेस्टुरेन्ट सञ्चालनमा आएको छ। करिब ५० लाख रुपैयाँको लगानीमा ललितपुर महानगरपालिका–११, चाकुपाट, शंखमूल क्षेत्रमा स्थापना गरिएको बोट क्याफे एन्ड रेस्टो असोज ५ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो
बुटवलमा व्यवसाय गर्दै आएका किशोर पाण्डे र बिकी पुरीले संयुक्त रूपमा क्याफे सञ्चालनमा ल्याएका हुन्। काठमाडौं उपत्यकामा आउने ग्राहकलाई गुणस्तरीय खाना, पेय पदार्थ तथा सहज वातावरण उपलब्ध गराउने उद्देश्यले व्यवसाय सुरु गरिएको सञ्चालकहरूले बताएका छन्।
क्याफेमा चिया, कफी, ताजा जुस, मःमः, खाजा तथा विभिन्न खानाका परिकार उपलब्ध छन्। ग्राहकको सुविधालाई ध्यानमा राख्दै घरसम्म खाना तथा खाजा पुर्याउने सेवा पनि सञ्चालन गरिएको छ।
चाकुपाट क्षेत्र शैक्षिक संस्थाहरूको समेत केन्द्र भएकाले विद्यार्थी तथा युवालाई लक्षित गर्दै क्याफेको वातावरण तयार गरिएको सञ्चालकहरूको भनाइ छ। परिवार तथा साथीभाइसँग बसेर खानपिन र भेटघाट गर्न मिल्ने व्यवस्था गर्नुका साथै जन्मदिन, भेटघाट तथा साना कार्यक्रम आयोजना गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ।
व्यवसाय सञ्चालनसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र आगामी दिनमा सेवा तथा व्यवसाय विस्तार गर्ने योजना रहेको सञ्चालक किशोर पाण्डे र बिकी पुरीले बताएका छन्। ग्राहकको रुचि र मागअनुसार सेवा तथा खानाको गुणस्तरमा निरन्तर सुधार गर्ने उनीहरूको प्रतिबद्धता छ।
बोट क्याफे एन्ड रेस्टो ललितपुर–११ को चाकुपाट, शंखमूल क्षेत्रमा ब्रिटिस कलेज तथा युनिभर्सिटी कलेजको आसपासमा रहेको छ। शैक्षिक संस्थाको उपस्थिति र आवतजावत बढी हुने क्षेत्र भएकाले विद्यार्थी, युवा तथा परिवारलाई लक्षित गरेर व्यवसाय सञ्चालन गरिएको सञ्चालकहरूले बताएका छन्।

