154
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शनिबार हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर रहेको डलरको भाउ आज थौरै घटेको छ । युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने थोरै बढेको छ ।
आज १ अमेरिकी डलरको बिक्री दर १३३.६४ रुपैयाँ तय भएको छ। शनिबार १ डलरको मूल्य हालसम्मकै उच्च विन्दु १३३.६५ रुपैयाँमा पुगेको थियो। १ डलरको खरिद दर भने आज १३३.०४ रुपैयाँ छ ।
आज १ युरोको खरिद दर १४२.१६ रुपैयाँ र बिक्री दर १४२.८० रुपैयाँ रहेको छ । हिजो १ युरोको खरिद दर १४२.१४ रुपैयाँ र बिक्री दर १४२.७८ रुपैयाँ थियो । यस्तै, हिजो १६३.३७ रुपैयाँमा बिक्री भएको १ पाउण्डको बिक्री दर आज १६३.६७ रुपैयाँ पुगेको छ । आज १ पाउण्डको खरिद दर भने १६२.९३ रुपैयाँ रहेको छ ।