२८औं एसियाली ज्योतिष सम्मेलनमा भाग लिन नेपालका १३ ज्योतिषी बङ्गलादेश जाँदै ।

by समतल अनलाइन
Shares

एसियन एस्ट्रोलोजर कङ्ग्रेसको आयोजना र दक्षिण एसियाली ज्योतिष महासंघको सह आयोजनामा नेपाली मिति अनुसार यहि ५,६ र ७ मा
बङ्गलादेशको चटगाउमा हुने २८ औं एसियाली ज्योतिष सम्मेलन – २०१९ मा भाग लिन दक्षिण एसियाली ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष डा. सहदेव विष्टको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधि मण्डल भोलि बङ्गलादेशको चटगाउँ जाने भएको हो ।।

बङ्गलादेश जानेहरुमा दक्षिण एसियाली ज्योतिष महासंघका उपाध्यक्ष घनश्याम सुवेदी , कार्यवाहक महासचिव लक्ष्मण पन्थी, राष्ट्रिय समितिका सभापति खिलनाथ काफ्ले , नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशका अध्यक्ष डा. गौरीशंकर शर्मा,नेपाल ज्योतिष परिषद् गण्डकी प्रदेशका महासचिव ज्यो.कमल पौडेल , नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य सुदर्शन पौडेल , अच्युतमणि आचार्य , भरतमणी ज्ञवाली,केशवराज जोशी,मुस्कान खनाल,हिरालाल उपाध्याय र अग्निराज पौडेल बङ्गलादेश जाने भएका छन् ।।

आज एक समारोहका बिच दक्षिण एसियाली ज्योतिष महासंघको केन्द्रीय कार्यालय डिल्लिबजारमा विश्व ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष डा.लोकराज पौडेल,महासचिव सन्तोष वाशिष्ठ,दक्षिण एसियाली ज्योतिष महासंघका केन्द्रीय उपाध्यक्षद्वय डा.देविप्रसाद खनाल,अम्बिका शर्मा,नेपाल ज्योतिष परिषद्का केन्द्रीय महासचिव कमल प्रसाद काफ्ले र ज्यो. शिवलाल पौडेल लगायतले खादा ओडाई विदाई गर्नुभएको दक्षिण एसियाली ज्योतिष महासंघका कार्यवाहक महासचिव आचार्य लक्ष्मण पन्थिले खबर पठाउनुभएको छ ।

You may also like

This will close in 0 seconds