अक्सफोर्डका विज्ञान संकायकी दिया भुसाल ३.९६ जिपिए र व्यवस्थापनका सुमित ३.९० जिपिए ल्याएर बोर्ड प्रथम भएको दावी

by समतल अनलाइन

बुटवल ।राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेसंगै अक्सफोर्ड मावि नेपाल प्रथम भएको दावी गरेको छ।

विज्ञान ,व्यवस्थापन, तथा शिक्षाशास्त्र संकायमा गरी कुल ८११ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएकोमा एक सय बिस विद्यार्थीले A+ ल्याएका छन् ।

विज्ञान संकाय अध्ययन गर्ने दिया भुसालले ३.९६ GPA ल्याएर नेपाल प्रथम भएको दावी गरेको छ । त्यस्तै व्यवस्थापन संकायका सुमित पोखेलले ३.९० Gpa अङ्‌क ल्याएर नेपाल प्रथम भएको दावी गरेको छ।

सागर सिङ्‌ले ३.८५ अभियान रेग्मीले ३.८२ Gpa युवराज भण्डारीले ३.८१Gpa प्राप्त गरेकाे विद्यालयका प्राचार्य दिनेश भुसालले बताए। विगत बर्षहरूमा पनि उत्कृष्ट नतिजा ल्याएको अक्सफोर्डले अहिले भने नेपाल प्रथम हुन सफल भएको प्राध्यापक सुमन भुसालले बताए।

 
 
  
 

You may also like