सुस्ता गाउँपालिकाद्धारा एकबर्षमा गरेका कार्यसम्पादनहरु सार्वजनिक

by समतल अनलाइन
Shares

पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाले एक बर्षमा गरेका कार्य सम्पादनहरुको वारेमा बुधवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ ।

यस आर्थिक बर्षमा अहिले सम्म सुस्ता गाउँपालिकाले १ सय २१ वटा योजनाहरु सम्झौता गरेको जनाएको छ । जस्मध्ये ९४ वटा योजना उपभोक्ता समिति मार्फत र २७ वटा योजनाहरु ठेक्का प्रक्रिया मार्फत कार्यभैरहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

विपन्न नागरीकहरुका लागि ७१ वटा आवास निमार्ण गर्ने काम सम्पन्न् गरेको र थप ४२ वटाका निर्माणधिन रहेको अध्यक्ष उपाध्यायले बताउनु भएके थियो । उहांले ३ किलो मिटर कालो पत्रे,२ दशमलब ५ कि.मि. पि.सि.सि,८ कि.मि. ग्राबेल सडक र ५ वटा कल्र्भट निमार्णको काम समेत यसै आर्थिक वर्षमा सम्पन्न् गरीसकेको बताउनु भएको थियो ।

बर्ष देखि पालिका भित्रका छोरीहरुको आर्थिक र सामाजिक सुरक्षाका लागि छोरी सुनौलो भविष्य योजना कार्यक्रम संचालन गरेको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनु भएको थियो । छोरी जन्मीदा वित्तीकै अहिले १ सय ७० जना छोरीको निवेदन परेकोमा सबैलाई जनही २५ हजारका दरले ति छोरीहरुको नाममा बैंक खाता खोलेर २० बर्षका लागि पालिकाले नै मुद्धतीमा रकम जम्मा गरेको बताउनु भएको छ।

त्यस्तै गर्भवती महिलाहरुको निःशुल्क भिडियो एक्सरे गर्ने देखि भैसी सुत्केरी कार्यक्रम संचालन गरेर १ सय ४३ जना किसानहरुका २ सय ८० वटा पशुहरुलाई १५ सयका दरले रकम उपलब्ध गराएको पत्रकार भेछघाटमा जानकारी गराईएको थियो ।

त्यसैगरी ११ वटा बिभिन्न प्रकारका सिपमुलक तालिमहरु संचालन गरेर ३ सय ३० जना ब्यक्तिहरुलाई सिप प्रदान गरेको जनाएको छ । आगामि बर्षको योजनामा गौतम बुद्धले कपाल मुण्डन गरेको स्थान सुस्ता–५,अनुमाघाटको डिपिआर तयार गर्ने रएक वडा एक नमुना विद्यालय निमार्ण तथा पालिकामा एउटा प्राविधिक विद्यालय संचालन गर्ने तयारीमा रहेको समेत जानकारी गराईएको थियो ।

गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गिता चौधरी,प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल लगाएत विभिन्न वडाका वडाध्यक्षहरुको समेत उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

You may also like

This will close in 0 seconds