उदयपुरमा जिप दुर्घटना, १५ जना घाइते

by समतल अनलाइन
47Shares

उदयपुर । उदयपुरको कटारी नगरपालिका –०४, मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी घाइते भएकाहरुको उपचार कटारी अस्पतालमा भइरहेकोमा जिल्ला उदयपुर कटारी न.पा. -०२ बस्ने अं. वर्ष ७१ को राम बहादुर मगरलाई भने थप उपचारको लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
जिप चालक सामान्य घाइते भएकोले उपचार पश्चात नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

You may also like