साविक विजेता लुम्बिनीको शानदार शुरूआत, सुदूरपश्चिमलाई ७ विकेटले हरायो

by समतल अनलाइन
40Shares

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले शानदार शुरूआत गरेको छ ।

साविक विजेता लुम्बिनीले सोमबार भएको उद्‌घाटन खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै शानदार शुरूआत गरेको हो ।​

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।
​यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरिले सर्वाधिक २७ रन जोडे ।

त्यसैगरी सैफ जैबले १३ रन जोड्दा अनिल खरेल १५ रनमा अविजित रहे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । विनोद भण्डारीले ९ रन बनाए भने इसान पाण्डेले ७ रन बनाए ।

बलिङतर्फ लुम्बिनी लायन्सका किशोर महतोले सर्वाधिक चार विकेट लिए । त्यस्तै शेर मल्लले तीन विकेट लिँदा साड्ली भान शाल्कविक, रोहित पौडेल र तिलक भण्डारीले समान एक/एक विकेट लिएका थिए ।

You may also like