गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दभौखानीमा स्कर्पियो दुर्घटना, ५ जनाको मृत्यु

by समतल अनलाइन
55Shares

गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनीस्थित दभौखानीमा स्कर्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
घाइते दुवै जनालाई उपचारका लागि अस्पताल पठाइएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिइन्।
उनका अनुसार घटनास्थलमा अहिले उद्धार कार्य जारी छ। दुर्घटना कुन सडकखण्डमा भएको हो र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

You may also like