उदघोषण तालिम समापन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १७ द्वारा आयोजित उदघोषण तथा माईनुट लेखन तालिम समापन गरिएको छ । वडा भित्रका १३ वटा टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरुलाई लक्षित गरी आयोजना गरिएको तीन दिने तालिमको एक कार्यक्रमका बीच शुक्रबार समापन गरिएको हो ।

तालिममा बोल्ने वक्ताहरुले सिकेका कुराहरूलाई व्यवहारमा उतार्नु पर्ने तथा वडाहरुले भौतिक निर्माण र विकास मात्र नभइ मानव विकासका कार्यक्रमहरु पनि सञ्चालन गर्नु पर्नेमा जोड दिनुभएको थियो । बुटवल उपमहानगरपालिका वडा नं १७ का वडा अध्यक्ष ज्ञान बहादुर रेश्मीको अध्यक्षतामा भएको समापन कार्यक्रमममा वडा नं १७ का वडा सदस्यहरु रामप्रसाद न्यौपाने, देवी चौधरी, वडा सचिव राधिका श्रेष्ठ, प्रशिक्षार्थीहरु केशवराज गैरे, भुमलाल श्रेष्ठ, लक्ष्मी रेश्मी, सुनीता रास्कोटी, कोपिला भुसाल लगायतले बोल्नु भएको थियो ।

टोल विकास संस्थाका ३५ जना प्रशिक्षार्थीहरु सहभागी रहेको तालिममा उदघोषण प्रशिक्षक सनु थापाले सहजीकरण गर्नु भएको थियो । तालिम समापन कार्यक्रम माया भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like