कराते डो परिवारद्घारा खेलकुद परिषदको टिमलाई स्वागत

by समतल अनलाइन
Shares

बुटवल । नवनिर्वाचित लुम्बिनी प्रदेश खेलकुद परिषदको सदस्य सचिव भिम वलीसहित टिमलाई नेपाल सितोरियो कराते डो परिवार, बुटवल रूपन्देहीले सम्मान तथा स्वागत गरेको छ। मणिग्रामस्थित छहारी क्लबमा सोमवार एक कार्यक्रममा परिषदका कोषाध्यक्ष कृष्ण प्रसाद देवकोटा, सदस्यहरु उमा अधिकारी, संदेश चापागाईं, कृष्ण कुमाललाई सिनियर खेलाडी तथा नेपाल सितोरियो कराते संघ रुपन्देहीका उपाध्यक्ष बासु बस्यालले दोसल्ला ओढाएर सम्मान गरेका थिए। कार्यक्रमका सदस्य सचिव ओलीले प्रदेश खेलकुदको विकास रुपन्देहीबाट शुरुवात हुने बताए। आठौ राष्ट्रिय प्रतियोगितामा नेपालगंज, दाङ भौतिक पुर्वाधार विकास भैसकेको भन्दै अब रुपन्देहीमा लगानी गरिने उनले बताए।
कार्यक्रममा बासु बस्यालले मार्शल आर्ट अन्तराष्ट्रिय रुपमा नाम कमाएको खेलप्रति सरकारबाट पुर्वाधार विकासमा ध्यान जान नसकेको दुखेसो गरे । कोभिड संक्रमणको विषम परिस्थितिमा खेलाडीहरुलाई खोपमा प्राथमिकता दिनुपर्ने समेत उनले बताए।
कराते खेलको विकासमा लामो समयदेखि प्रशिक्षण गराउँदै आएका प्रशिक्षक एवं कराते संघ रूपन्देहीका पूर्व अध्यक्ष उमेश थापालाई दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मानित गरिएको थियो ।
कार्यक्रममा नेपाल कराते संघका केन्द्रीय सदस्य अमीर राई, करातेका सिनियर खेलाडी एवं कराते संघ रुपन्देहीका सचिव मीनराज गिरी, राष्ट्रिय खेलाडी प्रेम बहादुर राना, रश्मी पाण्डेले नियमित खेल गतिविधिलाई जोड्नुपर्ने बताए।

You may also like

This will close in 0 seconds