गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान

by समतल अनलाइन
35Shares

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् काठमाडौं– गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

गृह मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षक केसीलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुका साथै दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने प्रचलन थियो । यसपटक भने गृहमन्त्री स्वयंले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

विसं २०३२ साउन २८ गते नुवाकोटमा जन्मिएका केसीले कम्बोडियाबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन् । उनी विसं २०५४ चैत २८ गते प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए ।

You may also like

This will close in 0 seconds