दसैँ–तिहारको अवसरमा बीसीआईको सुरक्षा सेवा तयारी कक्षामा ३० प्रतिशत छुट

by समतल अनलाइन
25Shares

बुटवल । सुरक्षा निकायमा प्रवेश गरी राष्ट्रसेवामा समर्पित हुन चाहने युवालाई लक्षित गर्दै बुटवलस्थित बुटवल कम्प्युटर इन्स्टिच्युट (बीसीआई) ले सुरक्षा सेवा तयारी कक्षामा ३० प्रतिशत छुट दिने भएको छ।

संस्थाले दसैँ तथा तिहारको अवसर पारेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सेवामा भर्ना हुन इच्छुक विद्यार्थीका लागि विशेष छुट योजना सार्वजनिक गरेको हो।

बीसीआईमा नेपाल प्रहरीतर्फ प्रहरी जवान, प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदका लागि तयारी कक्षा सञ्चालन हुँदै आएको छ। त्यसैगरी, सशस्त्र प्रहरीतर्फ जवान, असई र इन्स्पेक्टर तथा नेपाली सेनातर्फ सैन्य, ट्रेड र प्राविधिक पदका लागि समेत तयारी कक्षाको व्यवस्था गरिएको संस्थाले जनाएको छ।

सुरक्षा निकायमा प्रवेश गर्न आवश्यक शैक्षिक ज्ञान, शारीरिक क्षमता तथा प्रतिस्पर्धात्मक परीक्षाको तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले कक्षा सञ्चालन गरिएको बीसीआईको भनाइ छ।

बुटवल–३, गोलपार्कमा रहेको संस्थाले सुरक्षा सेवामा आफ्नो भविष्य खोजिरहेका युवालाई चाडपर्वको अवसरमा उपलब्ध गराइएको ३० प्रतिशत छुटको सदुपयोग गर्दै तयारी कक्षामा सहभागी हुन आग्रह गरेको छ।

तयारी कक्षा तथा छुटसम्बन्धी थप जानकारीका लागि ०७१–५५६४३१७ वा ९८५७०८२२३० मा सम्पर्क गर्न सकिनेछ।

You may also like

This will close in 0 seconds