कोरोनाबाट ३५ वर्षीय डाक्टर रजौरियाको निधन

बुटवल । कोरोना भाइरस संक्रमणबाट युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको ज्यान गएको छ । कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराएका रजौरियालाई चार दिनपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । डा. रजौरियाकी श्रीमती डा. हसिना बानु पनि कोरोना संक्रमित थिइन् ।

डा. बानु भने कोरोना संक्रमणमुक्त भइसकेकी युनिभर्सल मेडिकल कलेजका सूचना अधिकारी सुशील गुरुङले जानकारी दिए । हालसम्म मेडिकल कलेजमा १६० जना स्वास्थ्यकर्मी कोभिड संक्रमित भए पनि चिकित्सक मृत्यु भएको यो पहिलो घटना भएको गुरुङले बताए

 
 
  
 

You may also like