नेपाल स्वयंसेवि रक्तदाता तिलोत्तमा शाखाद्वारा रक्तदान , १०१ युनिट रगत संकलन

बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाकाे आयाेजना एवम् जागृति युवा क्लबकाे संयाेजनमा तिलाेत्तमा २ मा अवस्थित क्लबको कार्यालय परिसरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

काेभिड १९ काे महामारीका कारण रगत तथा रक्ततत्व अभाव हुन नदिने उद्धेश्यले आयाेजित उक्त कार्यक्रममा
२ जना काेराेना जितेका युवाकाे प्लाज्मा रगत सँगै १०१ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाका अध्यक्ष कृष्ण चाैहान क्षेत्रीले रगत अभाव हुन नदिन आफ्नो संस्था जिल्लादेखि नगर तहसम्म निरन्तर लागिरहेको बताउनुभयाे । काेभिड १९ का कारण समुदायस्तरमा रक्तदान कार्यक्रम विगतकाे तुलनामा न्यून गतिमा भएकाले यस्तो समयमा जागृति युवा क्लब र तिलाेत्तमा नगरका युवाले रक्ततत्व अभाव हुन नदिनलाई लागि परेकाे भन्दै क्लबकाे प्रशंसा गर्नुुभयाे । अर्का अतिथि नेपाल रेडक्रस साेसाइटी मणिग्राम उपशाखा का सभापति एवम् शिक्षाविद् टेकबहादुर थापाले बाेल्दै यस विषम परिस्थितिमा समेत संस्थाले मानव जीवन रक्षार्थ अहाेरात्र रगतकाे क्षेत्रमा खटेकाे भन्दै प्रशंसा गर्नुभयाे ।

बुटवल ब्लड बैंक र भैरहवा ब्लड बैंककाे प्राविधिक सहयाेगमा स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यक्रम गरिएको हाे । रक्तदाता समाजकाे तिलाेत्तमा नगर शाखा गठन पछि याे पहिलाे कार्यक्रम गरेसँगै नियमित मासिक रक्तदान श्रृङ्खला सन्चालन गर्ने उद्धेश्य रहेकाे शाखाका अध्यक्ष गाेविन्द भुसालले बताए ।

ए. आई. पाैडेल ट्रेडर्स याेगिकुटीद्वारा प्रायाेजित कार्यक्रम जागृति युवा क्लबका अध्यक्ष विदुर के.सी.काे संयाेजकत्व समाजका उपाध्यक्ष पुर्णचन्द्र सुवेदीको स्वागत तथा समाजका सचिव प्रेम नेपालीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

 
 
  
 

You may also like