लायन्सको निशुल्क परिक्षण

by समतल अनलाइन

बुटवल । लायन्स क्लब अफ बुटवल सनराईजले निशुल्क मृगौला तथा मधुमेहको स्वस्थ्य परिक्षण कार्यक्रम गरेको छ । एशियन डाईग्लोष्टिक ल्याब्रोटरी प्रालिको प्राविधिक र स्थानिय फ्रेन्ड युवा क्लबको सहयोगमा आईतबार हिलपार्क मुलगेट अगाडि सर्वसाधारणको मधुमेह र मृगौलाको निशुल्क परिक्षण तथा सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रमको लायन्स ३२५ बि २ नेपालका जिएमटी डिष्ट्रिक कोअर्डिनेटर सुनिता श्रेष्ठ बजिमयले उद्घाटन गर्दै आम नागरिकहरुमा स्वास्थ्य सचेतना महत्वपुर्ण हुने कार्यक्रम क्लबबाट भएको बताईन ।

मानिसहरुलाई रोग लाग्नभन्दा पहिले नै त्यसबाट बच्ने उपायहरु अध्यक्ष समुन्द्र श्रेष्ठले बताए । कार्यक्रममा लायन्स डिष्ट्रिक कोअर्डिनेर पुरुषोत्तम प्रधानाङग, बुटवल उपमहानगरपालिका वडा नं ७ का वडाअध्यक्ष कमलप्रताप थापा, फ्रेन्ड युवा क्लबको सहयोग प्रकाश क्षेत्री, लायन्सका सचिव रोशन अर्यालले आगामी दिनहरुमा समेत कार्यक्रमलाई निरन्तरता दिने बताए ।

स्थानिय ३ सय जनाभन्दा बढीको परिक्षण गरिएको कार्यक्रम संयोजक बिकाश पन्थीले बताए ।

 
 
  
 

You may also like