45
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले देशको हितका लागि संघर्ष गर्ने र पार्टीको स्वार्थका लागि लाग्नेहरूबीच फरक रहेको टिप्पणी गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नेता र कार्यकर्ताको भूमिकालाई लिएर व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् ! फरक यति हो !’
प्रधानमन्त्री शाहको यो अभिव्यक्ति पछिल्लो राजनीतिक घटनाक्रमका बीच सार्वजनिक भएको हो । यद्यपि, उनले आफ्नो स्ट्याटसमा कुन दल, नेता वा समूहलाई लक्षित गरेका हुन् भन्नेबारे भने स्पष्ट पारेका छैनन् ।


