रोटरी क्लब अफ बुटवल चौतारीको निशुल्क स्वस्थ्य शिविर

by समतल अनलाइन

बुटवल ।रोटरी क्लब अफ बुटवल चौतारीले शुक्रबार वृहत निशुल्क स्वस्थ्य शिविर संचालन गरेको छ । सिमली डेन्टल प्रालि, बुटवल र मिनाक्षी आई केयर, भैरहवाको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो । तिलोत्तमा नगरपालिका स्थित श्री पश्चिम पहुनी माविमा दन्त तथा आखा परिक्षण, उपचार, परामर्श र औषधी वितरण गरिएको क्लबका अध्यक्ष थानेश्वर पान्डेले बताए ।

शिविरको एक समारोहका बिच क्लबका सल्लाहकार राजेन्द्र ढकालले उद्घाटन गर्दै सामाजिक सेवाको भावनाका साथ क्लब निरन्तर समुदाय लक्षित कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष राज चौधरी, विद्यालयका प्रधानाध्यापक दुर्गा श्रेष्ठ, सचिव अर्जुन ढकालले समुदायको आवश्यकता बुझेर सचेतनासंगै विविध कार्यक्रम गर्दा उपयोगी हुने बताए ।

शिविरमा विशेषज्ञ चिकित्सकहरु र सहयोगीहरुबाट प्राविधिक सहयोग भएको थियो । शिविरका संयोजक दिपा भण्डारीले शिविरबाट अभिभावक तथा विद्यार्थी गरि आखा उपचारतर्फ २ सय ४५ र डेन्टलतर्फ २ सय ५६ जना लाभान्वित भएको बताईन ।

 
 
  
 

You may also like