बुटवल उद्योग वाणिज्य संघको अधिवेशनको मिति दुई दिन सारियो

by समतल अनलाइन
37Shares

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति दुई दिन सारिएको छ।

सोमबार बसेको संघको कार्यसमिति बैठकले संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशन असोज २३ गतेदेखि २६ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। यसअघि साधारण सभा तथा अधिवेशन असोज २१ गतेदेखि २३ गतेसम्म गर्नेगरी मिति तय गरिएको थियो।

साधारण सभा तथा अधिवेशनको तयारी, कार्यालयबाट गर्नुपर्ने कामको व्यवस्थापनलगायतका कारण पूर्वनिर्धारित मितिमा सामान्य हेरफेर गर्नुपरेको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए।

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले साधारण सभा तथा अधिवेशनको मिति परिवर्तन गर्नुका साथै सदस्यता नवीकरणका लागि पनि दुई दिन समय थप गर्ने निर्णय गरेको छ। अधिवेशनको मिति दुई दिन पर सारिएसँगै सदस्यता नवीकरणको समय पनि दुई दिन थप गरिएको हो।

यसअघि सदस्यता नवीकरणका लागि असोज ५ गतेसम्मको समय तोकिएकोमा अब असोज ७ गते बुधबारसम्म नवीकरण गर्न सकिने संघले जनाएको छ।

You may also like