बढ्यो इन्धनको मूल्य : ग्याँस १४ सय, पेट्रोल ११२ रुपैयाँ

by समतल अनलाइन

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्याँसको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्‍याएको छ ।

निगमले बुधबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको जानकारी दिएको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपालमा पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको निगमले जनाएको छ ।

 
 
  
 

You may also like