२ सय ९९ औं पृथ्वी जयन्ती मनाइयो

by समतल अनलाइन

बुटवल। २९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस , विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । यस्तै विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा रुपन्देही, नवजागृति बहुउद्देश्यीय सामाजिक भवन ट्रष्ट, नव जागृति पुस्तकालय, र श्री सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैजू वृद्धाश्रमको संयुक्त आयोजनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा सुर्य बहादुर जि.सीले गोरखाका राजा पृथ्वी नारायण शाहले नेपाल एकीकरणका लागि पु¥याउनुभएको योगदानको स्मरण गर्दै यो दिवस मनाउने गरिएको बताउदै दिवसको अवसरमा पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै उहाँले गरेको योगदानलाई कदर गर्न आग्रह गर्नु भयो । पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व भएको बताउदै राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग गरेको स्मरण गराउनु भयो ।

त्यस्तै संस्थाका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले विभाजीत बाईसे , चौबिसे राज्यलाई एकीकरण गरी सिंगो नेपालको कल्पना गर्न आफनो बिरता, कौशलता, र क्षमता प्रदान गरी वर्तमान स्वतन्त्र सार्वभौम नेपालको निमार्णमा ठूलो योगदान दिएको बताउदै २९९ वर्ष अगाडि दिनु भएको दिव्य , उपदेश पनि पालन गर्न आग्रह गर्नु भयो ।

कार्यक्रम संस्थाका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता, प्राध्यापक डाक्टर सुर्य बहादुर जि.सीको प्रमुख आतिथ्यथा, प्रा डा. हिरण्यलाल ज्ञवालीको विशिष्ट आतिथ्यता, ॐ ज्ञानज्योतिका सम्पादक कृष्ण प्रसाद कोइरालाको शुभकामना मन्तव्य, विश्व हिन्दु महासंघ महिला समितिका अध्यक्ष अम्बिका पौडेल क्षेत्रीको स्वागत र कार्याय सचिव उर्मिला श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like