थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ४ हजार ३९२ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

अहिलेसम्म कुल एक लाख २६ हजार १३७ संक्रमित पुगेका छन् ।नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३५ सय २२ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ८८ हजार ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६९.८ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १६ हजार ५३१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १२ लाख ५४ हजार १६७ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार ८०८ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या २५ हजार ४६ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ७७ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर ३१५ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।

 
 
  
 

You may also like