तिलोत्तमाका संक्रमितको बुटवल कोरोना अस्पतालमा मृत्यु

by समतल अनलाइन

बुटवल। बुटवल कोरोना विशेष अस्पतालमा उपचारत एक कोरोना संक्रमितको मृत्यु भएको छ । म्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमा २ का ६७ वर्षि पुरुषको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनलाई २५ गतेबाट आईसीयूमा राखेर उपचार भईरहेको थियो । ४ दिन आईसोलेसनमा बसेको उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान ७ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

आज मृत्यु भएसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

 
 
  
 

You may also like