रुपन्देहीमा थप १५६ जना कोरोना संक्रमण

by समतल अनलाइन

बुटवल । बिहिबार पनि रुपन्देहीमा १५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बिहिबार थपिएका संक्रमितमा सबै भन्दा बढी बुटवलमा ५५ जना नयाँ संक्रमित थपिएका छन् भने सिद्धार्थ नगरमा ४३ तिलोत्तमामा २५ जना संक्रमित थपिएका छन् ।

त्यसैगरि मायादेबी र सम्मरीमाईमा ९।९ जना, देवहमा ५ जना, सैनामैनामा ४ जना, ओमसतियामा २ जना तथा रोहिणी, सियारी, सुद्धोधन र कञ्चन गाँउपालिकामा १।१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ४२६८ पुगेको छ । जिल्लामा बिहिबार सम्म ४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 
 
  
 

You may also like