बुटवल। तिलोत्तमा बहुमुखि सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक साधारण सभा कात्र्तिक ५ गते हुने भएको छ । सहकारी बिभागको परिपत्र अनुरुपको मापदण्ड र प्रक्रिया अनुरुप सधारण सभा गर्न लागीएको सहकारीका अध्यक्ष माधवलाल देवकोटाले जानकारी दिनु भयो ।
सल्लाहकार,लेखा सुपरिवेक्षण सहित संचालक समितिको बुधबार बैठकले सहकारी बिभागले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड र परिपत्र अनुरुप साधारण सभा गर्ने निर्णय गरेको हो । सहकारीका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षता र सचिव पार्बती थापाको संचालनमा सम्पन्न बैठकले संस्थाको बार्षिक प्रतिवेदन र कोषाध्यक्षको लेखा परिक्षण प्रतिवेदन पनि पारीत गरयो । सो प्रतिवेदन छापेर साधारण सभा भन्दा १५ दिन अगावै शेयर सदस्यहरुलाइ बितरण गरीने छ ।
बैठकले साधारण सभामा शेयर सदस्यहरुको उपस्थितीकालागि अशोज १८ गतेदेखि ३० गते सम्मको समय तोकेको छ । तिलोत्तमा २ शंकरनगर स्थित सहकारीकै भवनमा बिहान १०.३० देखि दिउसो ३.३० बजेसम्म परिचय पत्र सहित शेयर सदस्यहरुले उपस्थिती जनाउनु पर्नेछ । संस्थाको बार्षिक प्रगति प्रतिवेदनका सम्बन्धमा भएका राय सुझाव तथा टिप्णीहरु कात्र्तिक २ गते भित्र लिखित रुपमा संस्थाको कार्यालयमा दिन सक्ने व्यवस्था गरीएको छ ।
शेयर सदस्यका लिखित सुझावहरु साधारण सभाको दिन निर्णयार्थ पेश गरीने छ । नियमनकारी निकायका प्रतिनिधिकै रोहबरमा सिमित उपस्थितीमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कात्र्तिक ५ गते साधारण सभा सम्पन्न गरीने अध्यक्ष देवकोटाले बताउनु भयो । साधारण सभाको सम्पुर्ण बिवरण संचार माध्यमबाट सार्वजनिक गरीने छ ।
कोभिड १९ का कारण सहकारीहरुको साधारण सभा कसरी गर्ने भन्ने अन्यौल रहेका बेला सहकारी बिभागले अशोज १ गते सुरक्षा मापदण्ड अपनाएर निश्चित बिधि र प्रकृया तोकेर सो अनुरुप साधारण सभा गर्न परिपत्र गरेको थियो । सोही परिपत्र अनुरुप तिलोत्तमा बहुमुखि सहकारीले २४ औं साधारण सभाको तयारी थालेको हो । यो सहकारीमा ३ हजार बढी शेयर सदस्य छन ।
शुद्धोधनमा सहकारीको सुबिधा केन्द्र खोलीने
यसैबिच शुद्धोधन गाँउपालिकाको मानपकडीमा शहकारीको सुबिधा केन्द्र खोलीने भएको छ । सहकारी अन्तर्गत गठन भएको टिएमसि सिस्टर्स सोसाइटि सुद्धोधनका अध्यक्ष प्रेम कुमारी थारुको अध्यक्षता र सहकारीका अध्यक्ष माधवलाल देवकोटाको प्रमुख आतिथ्यतामा बसेको बैठले सुद्धोधन ५ को मानपकडिमा सुविधा केन्द्र खोल्ने निर्णय गरेको हो । सुद्धोधनमा सहकारीका २ सय बढी शेयर सदस्यहरु रहेकाले सेवा प्रवाहमा सहज होस भन्ने उद्येस्यले सुविधा केन्द्र खोल्न लागीएको अध्यक्ष देवकोटाले बताउनु भयो । कार्यक्रममा स्वागत रेशम सिंह ठकुरी र संचालन बिन्दुलक्ष्मी सुबेदीले गर्नु भएको थियो ।