बुटवलका मेयर झरिको प्रवाह नगरी नदि किनारका बस्तीको अवलोकनमा

by समतल अनलाइन

बुटवल। दुईदिनदेखि निरन्तर परेकाे बर्षाकाे कारण बढेकाे तिनाउकाे बहावकाे कारण कटानमा परेकाे रानिगन्ज क्षेत्र निरिक्षणकाे लागि बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदी पुगेका छन् ।
लगातारको झरिको प्रवाह नगरी प्रमुख सुवेदीले उपमहानगरपालिकाका प्राविधिक र सम्बन्धित वडाका अध्यक्षलाई साथमा लिएर नदि किनारका बस्तीको अवलोकन गरेका छन् । त्यसक्रममा उनले जोखिमपूर्ण अवस्थाका बस्तीको लगत संकलन भइरहेको र पूर्वतयारीका लागि योजना समेत बनाइएको बताए ।

जोखिमपूर्ण क्षेत्रकाे निरिक्षणका क्रममा प्रमुख सुवेदीले भने, “अहिले हामी वडा नम्बर १७ रानीगन्ज बस्तीकाे स्थलगत निरिक्षणमा छाै । पानीकाे वहावले नदी कटान गर्न शुरू गरेकाे छ । केही घरहरू उच्च जाेखिममा परेका छन् । ती घरहरू खाली गराउने र त्यहाका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी भएकाे छ ।”
सुरक्षाकर्मी परिचालन गर्ने, विपदकाे बन्दाेबस्तीका सामागी् व्यवस्थापन गर्ने, सामुदायिक भवनकाे व्यवस्थापन गर्नेलगायतका काम अगाडि बढेको प्रमुख सुवेदीले बताए ।प्रमुख सुवेदिले स्थानियलाई भने , ” जाेजाे घर बस्ति उच्च जाेखिम तथा खतरामा छ ती घर बस्ति तत्काल अन्य ठाउँ स्थान्तरण हुन्छ । ”
रानिगन्जमा विगतदेखि नै दुई घर उच्च जाेखिममा रहेका थिए ।
फति घरमा दिउसाेकाे बाढिले क्षति पुराएकाे हाे । अन्य ८/१० घर जाेखिममा छन् । ती जाेखिममा रहेका घरहरु तत्काल सामुदायिक भवन स्थानान्तरण भईरहेकाे र विपदका सामग्रि पनि नगरले ल्याईरहेकाे छ ।
नदिकाे बहाव बढ्दै जादा बुटवल उपमहानगरपालिका वडा नं १७ रानिगञ्जमा रहेको प्रेमकुमारी खाम्चाको ४ कोठे घर नदिले बगाएको थियाे ।
प्रमुख सुवेदीले उपमहानगरपालिकाका प्राविधिक र वडा अध्यक्षसहित नदि किनारमा रहेका जोखिमपूर्ण बस्तीमा निरीक्षणका लागि पुगेका थिए ।तिनाउ र दानव नदि किनारमा रहेको बस्ती बाढीको उच्च जोखिममा छ ।

 
 
  
 

You may also like