जनजीविकाका मुद्दामा सरकार गम्भीर भएन, कांग्रेसले प्रभावकारी रूपमा उठाउनुपर्छ : प्रदीप पौडेल

by समतल अनलाइन
22Shares

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकाका मुद्दाहरूमा गम्भीर हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा महामन्त्री पौडेलले जनजीविकाका मुद्दाहरूमा सरकार गम्भीर नदेखिएको र मूल्यवृद्धि समेत नियन्त्रण गर्न नसकेकाले कांग्रेसले नै जनजीविकाका मुद्दाहरूलाई प्रभावकारी रुपमा उठाउनुपर्ने बताएका हुन् ।

उनले निर्वाचन नजिकिँदै गएको अवस्थामा सुशासन, सङ्घीयताको सबलीकरण र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई मुख्य एजेन्डा बनाउनुपर्ने धारणा राखे ।

नागरिकहरूसँग आत्मीयता कायम गर्दै उनीहरूको पीडामा मलम लगाउनेदेखि देशको विकास गर्ने कुरामा समेत बुझेर अघि बढ्न उनले आग्रह गरे ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले भ्रष्टाचार नियन्त्रणका लागि र कांग्रेसले विगतमा गरेका ऐतिहासिक र महत्त्वपूर्ण कामको दस्ताबेज राख्ने कुरामा ध्यान पुर्‍याउनु पर्ने धारणा राखे ।

सो अवसरमा कांग्रेसको १५औं महाअधिवेशनमा गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका केन्द्रीय सदस्यहरूलाई सम्मान गरिएको थियो ।

You may also like