रौतहट यूवा पिढि द्वारा आयोजित रक्तदान कार्यक्रममा १६ जनाले गरे रक्तदान

by समतल अनलाइन

प्रमोद सहनी
रौतहट ।कोरोना महामारीको मध्यनजर गर्दै मुलुकमा देखिएको रक्त अभावको कारणले रौतहट यूवा पिढिले रौतहटको गरुडा श्री राम सुगर मिल्समा आज आयोजना गरेको थियो।

आकस्मिक रक्तदान कार्यक्रममा १७ जना रक्तदाताहरु संग रक्तदान गराएका हुन्। हामी रौतहट यूवा पिढि द्वारा आयोजित आकस्मिक रक्तदान कार्यक्रमा रक्तदान जिवनदान गरियो।

प्रमुख अतिथि गरुडा नगरपालिका का नगर प्रमुख इनु राय यादव , प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , विशिष्ठ अतिथि रङिला जैसवाल, बृज किशोर यादव, मनोज चौधरी , राजेश्वर पाण्डे , रेड क्रस सभापति संजिव मल्लिक, धर्मेन्द्र सिह , जय किसान पोलीटेक्निकका प्रशासन प्रमुख मुकेश साह , हेमन्त यादव, दिलिप जयसवाल, एस के साह, सुसिल यादव , अनेरास्ववियु नेता राजु महतो हेल्थ असिस्टेन्ट रामबिसवास पटेल र नरेन्द्र यादव लगायतका उपस्थिति रहेको थियो।

दिनहु रक्तको अभावमा मुलुकमा दिन्हु कयौं बिरामीहरुले ज्यान गुमाउनु परेको देखिएको हुनाले यि यूवा संस्थाले एउटा जनचेतना मुलक कार्यक्रमको रुपमा रक्तदान कार्यक्रम रहेको थियो।आउने दिनहरूमा बढी संख्यामा रक्तदान गराउने प्रतिबद्धताका साथ एक आयोजक समुहका समाजसेवी प्रवीन यादवले बताउनु भयो।

स्वास्थ्य ब्यक्तिको रक्तदानले मानव शरीरमा कुनै नकारात्मक असर पर्दैन जहासम कि रक्तदान मानव शरीरकोलागि फाइदाजनक रहेको छ भन्ने कुरा बिश्व स्वास्थ संगठनले भनिए पनि हाम्रो समाज जनचेतनाको कमिको कारण रक्तको अभाव हुने गरेको कुरा हो।

तर यस संस्थाका सदस्य तथा अनेरास्ववियू नेता प्रवीण यादवले बताउनुभयो।

 
 
  
 

You may also like