सैनामैनाले ‘गर्भवती तथा सुत्केरी’महिलाको निःशुल्क कोराना बीमा गरिदिने

by समतल अनलाइन

सैनामैना । रुपन्देहीको सैनामैना नगरपािलकाले नगरमा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नगरले ‘उपप्रमुख सँग महिला कार्यक्रम’ अन्तर्गत बीमा गरिदिने भएको हो ।कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला नगरमा रहेका गर्भवती र सुत्केरी महिलाहरुको १ लाखको निःशुल्क कोराना बीमा गर्न थालिएकोे नगर उपप्रमुख बीना रानाले बताउनुभयो ।

बीमाले महिलामा रोगसँग लड्ने मानसिकताको थप विकास हुने अपेक्षा गरिएको रानाको भनाइ छ ।नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार गर्भवती तथा डेढ महिनाको सुत्केरी महिला बीमा कार्यक्रममा सहभागी हुन पाउनेछन् ।नगरमा रहेका सबै गर्भवती तथा सुत्केरी महिलाहरुले आफ्नो नजिकै रहेका स्वास्थ्य स्वयंमसेवीकालाई सम्पर्क गर्न नगर स्वास्थ्य शाखाको अनुरोध छ ।

बीमाका लागि नागरिकता आवश्यक पर्दछ । नागरिकता नभएको खण्डमा वडाको सिफारिस आवश्यक पर्ने नगरपालिकाले जनाएको छ । बीमाको अवधि १ वर्ष हुनेछ ।

 
 
  
 

You may also like