बुटवलमा थप ३ जनामा कोरोना पुष्टि

बुटवल । बुटवलमा गरिएको स्वाब परीक्षणका क्रममा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बुधबार २ सय ३८ जनाको स्वाब संकलन गरेको थियो। त्यसमध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। संकलन गरिएको स्वाबमध्ये ७२ जनाको परीक्षण गर्दा ३ जनाको पोजेटिभ आएको हो।संक्रमण पुष्टि हुनेहरूमा एक जना लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी छन्।

त्यस्तै, अरु दुईमध्ये एक जना बुटवल १३ का नेकपाका स्थानीय नेता हुन् र अर्का लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका श्रीमान् हुन्।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी महिला हुन् भने अरु दुई जना पुरूष हुन्। स्वास्थ्यकर्मी र नेतामा लक्षण नदेखिए पनि अर्का व्यक्तिमा कोरोना भाइरस संक्रमणको लक्षण पनि देखिएको डा. गौतमले जानकारी दिए।

यसअघि पनि लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको थियो। संकलन गरिएका बाँकी स्वाब भने परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ।

 
 
  
 

You may also like