अनाथ आश्रममा सहयोग

बुटवल। सामाजीक क्षेत्रमा कृयासिल लायन्स क्लब अफ मणिग्राम र एक्सपर्ट फाउण्डेसको सयुक्त आयोजनामा तिलोत्तमा नगरपालि स्थीत रामचन्द्र मैनादेबि अनाथ आश्रमा सहयोग गरेको छ । सनिबार एक कायक्रम आयोजना गरी लायन्स इन्टरनेशनल ३२५ बि २ नेपालका पूर्ब गर्भनर एम.जे एफ महेन्द्रनारायण श्रेष्ठ,लायन्स क्लब अफ मणिग्राम अध्यक्ष एम.जे.एफ सुरज कुमार लम्साल,एक्सपर्ट फाउण्डेशनका चेयमेन रोशन कन्डेलले अनाथ आश्रमा अध्यक्ष मैनादेबि भण्डारी लाई सम्पूर्ण सामाग्री हस्तारण गरेका हुन ।

आश्रममा २ सेट कम्प्युटर,६ पिस कुर्चि,१ पिस डाइनिङ टेबुल,कपि ,कलम लायन्स क्लबस इन्टरनेशनल नेपालमा स्थापना भएको ५० औं स्वर्ण जयन्ती को अवसरमा प्रदान गरिएको लायन्स मणिग्रामका अध्यक्ष सुरज लम्सालले बताए । सामाग्री हस्तान्तरण कार्यक्रमा बोल्दै पिडिजी महेन्द्रनारायण श्रेष्ठले लायन्स मणिग्राले गरेको कार्य सह्रानिय रहेको बताए । हामि सेवा गछौ भन्ने मुल नारालाई आत्म साथ गर्दै लायन्स मणिग्रामले प्रतेक हप्ता १ दिन समाज सेवा गर्ने नारा बोकेर हिडेको एरिया चिफ एमजेएफ संदिप कसौधनले सह्रायिन रहेको बताए । कार्यक्रमा डिष्ट्रिक स्टेजीसी चिफ योगेश घिमिरे,पूर्व अध्यक्ष तथा तिलोत्तमा नगरपाली वडा न ५ वडा सदस्य हरि पौडेल लगाएत बोलेका थिए । यतै अध्यक्ष लम्सालले बिगतका दिनहरुमा यातायात ब्यवस्था कार्यलयमा अटोमेटिक हातधुने पानी टक्की,रामचन्द्र मैनादेबि अनाथ आश्रमा खाद्यन्य सहयोग , तिलोत्तमा पार्कमा बृक्षारोपण, रक्तदान कार्यक्रम, अनाथ लाई खाना खुलाउने, लुम्बिनी अपा· दृष्टिविहिन अनाथ आश्रमा चाइएको सम्पूर्ण सामाग्री हस्तारण गरेको बताए ।

एक्सपर्ट फाउण्डेसका चेयमेन तथा कार्यक्रमाका संयोजक रोशन कन्डेले रामचन्द्र मैनादेवि अनाथ आश्रमा रहेका अनाथ बालबालीकाहरु यो आइटिको युगमा कम्प्यूटर शिक्षा बाट बन्चीत नहुन भन्ने भन्ने उद्देश्य रहेको र एक्सपर्ट फाउण्डेशन २०७२ साल स्थापना भएदेखि सहयोग गर्दै आएको बताए । कार्यक्रम संचालन सचिब टोला प्रसाद पाठकले गरेका थिए ।

 
 
  
 

You may also like