(एसपी ) केसिले फेरि गरे अर्को कमाल: २१ लाख ४ हजार मुल्य बराबरको २ वटा पिकप गाडी र १४९ बोरा अबैध युरिया मल सहित प्रहरीको नियन्त्रणमा

नवलपरासी ।पश्चिम् नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसिले जिल्लामा आए देखि अबैध काम गर्ने माथी धमाधम एक्सन चाल्न शुरु गर्नु भएको छ।बेला बेला नेपाल बाट भारत तर्फ अबैध रुपमा निर्यात गर्ने गिरोह सक्रिय रहेको खबर सार्वजनिक हुँदै आएको थियो।

तर पश्चिम् नवलपरासी प्रहरीले अहिले सम्म यति ठूलो परिमाणमा अबैध युरिया मल बरामत गर्न सकेको थिएन।यद्यपि एसपी केसिले जिल्ला अवागमन सगै शनिबार ठुलो परिमाणमा अबैध युरिया बरामद भएको हो।

नवलपरासीको रामग्राम नगरपालिका वडा न.५ बाइपास चोक(परासी -महेशपुर सडक खण्ड )मा महेशपुर तर्फबाट परासी तर्फ आउदै गरेको ना:४च ८३८८न: को बोलेरो पिकअप र ना:५च २९२६न:को बोलेरो पिकअप लाई रोकि चेकजाँच गर्ने क्रममा ना:४च ८३८८न:को पिकअपमा ७८बोरा र ना:५च २९२६न:को पिकअपमा ७१बोरा युरिया मल फेला पारी सोधपुछ गर्दा उक्त मलसङ सम्बन्धित कुनै पनि कागजपत्र फेला नपरेकोले दुबै पिकअप चालक सहित पिकअप र अबैध युरिया मल प्रहरीले नियन्त्रणमा लिएको हो।बरामद युरिया मल प्रति बोरा ५०केजिको दरले १४९बोरामा ७४५०केजि साथै प्रती बोरा ७००का दरले १लाख४ हजार ३सय मूल्य बराबर र प्रती पिकअप १०लाखका दरले २पिकअपको २०लाख गरि जम्मा २१लाख ४हजार ३सय मुल्य बराबर अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रण मा लिएको २वटा पिकअप २जना चालक र १४९बोरा अबैध युरिया मल आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।

 
 
  
 

You may also like