गुल्मी । उपकार युवा क्लव र गुल्मी सेवा समाज ओमनले नगद रकम र खाध्यान्न सहयोग गरेको छ।उपकार युवा क्लवका सदस्य तथा गुल्मी सेवा समाजका चिरञ्जीवी पान्डेको नेतृत्वमा दस हजार तीस रुपैया रकम गुल्मी रुरु क्षेत्र गाउँपालिका ५ आटिपाटामा साउन साउन १६ गते राती पहिरोमा परि मृत्यु भएका राजु माझिको परिवारलाई नगद तथा खाद्यान्न हस्तान्तरण गरिएको हो ।
त्यसै गरि गुल्मी रुरु क्षेत्र गाउँपालिकामा ५ मा को बोटेगाउमा रहेको उपकार युवा क्लवले पहिराे पिडित परिवारलाई खाध्यन्न सहयोग गरेको छ ।रुरुगाउँपालिका ५ बम्घाका वडा सदस्य सिद्धनाथ श्रेष्ठ, उपकार युवाक्लवका अध्यक्ष प्रकाश श्रेष्ठ लगायतको सहभागितामा रकम हस्तान्तरण गरिएको क्लवका उपाध्यक्ष बिक्रम भन्डारीले बताए ।खाद्यान्न सामाग्रीमा चामल,दाल,तेल,नुन चाउचाउ साबुन लगायतका सामानहरु वितरण गरिएको थियोे।