सुनको मूल्यमा नयाँ रेकर्ड

by समतल अनलाइन
Shares

काठमाडौं । नेपाली बजारमा बिहिबार फेरी सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख २ हजार ५ सय रुपैयाँ पुग्दै रेकर्ड कायम गरेको हो । यसअघि सबैभन्दा धेरै बुधबार एक लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा ५० रुपैयाँले बढेर एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

You may also like

This will close in 0 seconds